ई-प्यान कार्ड 2.0को नाममा साइबर ठगीको नयाँ जाल, एसपी फतेहाबादले गराए सतर्क
ई-प्यान कार्ड 2.0को नाममा साइबर ठगीको नयाँ जाल, एसपी फतेहाबादले गराए सतर्क


भने- नक्कली लिंकको माध्यमबाट नागरिकहरूको संवेदनशील जानकारी चोरेर गरिरहेको छ ठगी, सतर्कता र जागरूकता नै बच्ने उपाय हो

फतेहाबाद, 6 अगस्त (हि.स.)। पुलिस अधीक्षक सिद्धान्त जैनले नागरिकहरूलाई सतर्क गराउँदै बुधवार भने, हालैमा साइबर अपराधीहरूले ई-प्यान कार्ड 2.0-को नाममा एक नौलो प्रकारको अनलाइन फ्रड शुरू गरेको छ। यी साइबर ठगहरूले मोबाइल, ईमेल अथवा सोशल मीडियाका माध्यमबाट एउटा नक्कली लिंक पठाउँछन् जसमा लेखिएको हुन्छ- ‘तपाईको नयाँ ई-प्यान कार्ड 2.0 अपडेट गरिएको छ। लिंकमा क्लिंक गरेर आफ्नो सम्पूर्ण जानकारी भर्नुहोस्।’ यस्तो लिंकमा क्लिक गर्नसाथ त्यो एउटा नक्कली वेबसाइटमा पुग्छ जहाँ व्यक्तिसित आधार नम्बर, प्यान नम्बर, ओटीपी, जन्मतिथि, मोबाइल नम्बर जस्ता संवेदनशील जानकारीहरू मागिन्छ। जानकारी साझा गर्नसाथ अपराधीले सम्बन्धित व्यक्तिको ब्यांक खाताबाट पैसा निकाल्छ वा व्यक्तिको नाममा नक्कली ऋण लिएर धोकाधड़ी गर्नसक्छ।

एसपी जैनले नागरिकहरूसित अपील गरेका छन्, उनीहरूले यस्तो मामिलादेखि बच्नकोलागि सतर्कता अप्नाउन्। कुनै पनि अपरिचित लिंकमा क्लिक नगर्नुहोला। प्यानसित सम्बन्धित जानकारी अधिकृत वेबसाइटमा मात्र भर्नुहोला। कुनै पनि सरकारी वा अधिकृत संस्थाले कहिले पनि कल, व्हाट्सएप वा एसएमएसको माध्यमबाट ओटीपी, ब्यांक डिटेल्स वा अऩ्य गोपनीय जानकारी माग्दैन। यदि कुनै सन्देहस्पद म्यासेज वा लिंक प्राप्त भयो भने त्यसलाई तत्काल डिलीट गर्नुहोला। कसैलाई पनि फरवर्ड नगर्नुहोला। यदि कसैसित साइबर फ्रड भयो पनि तुरून्त अनलाइन सिकायत दर्ता गराइयोस् अथवा साइबर हेल्पलाइन नम्बर वा निकटतम थानामा सम्पर्क गरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande