लज्जास्पद एवं अमानवीयः डस्टबिनभित्र भेटियो नवजात बालिका
लज्जास्पद एवं अमानवीयः डस्टबिनभित्र भेटियो नवजात बालिका


हावड़ा, 06 अगस्त (हि.स.)। हावड़ा जिल्ला अन्तर्गत बालीको पंचाननतला क्षेत्रमा निवेदिता सेतु मुनि एउटा डस्टबिनबाट बुधवार बिहान एक नवजात बालिकालाई जीवित अवस्थामा उद्धार गरियो।

प्राप्त जानकारी अनुसार बुधवार बिहान स्थानीय मानिसहरू तथा बटुवाहरूले अचानक नानी रोएको आवाज सुने। आवाज आइरहेको दिशा तर्फ मानिसहरूले खोज तलास गरिरहेका थिए, एक जना टोटो चालकले नवजात कन्यालाई डस्टबिनभित्र देखे।

तत्कालै बालिकालाई बाहिर निकालेर स्थानीय मानिसहरूको सहयोगमा एक निजी अस्पतालमा भर्ती गरियो जहाँ उसको उपचार भइरहेको छ।

सूचना पाउनसाथ बाली थानाको पुलिसले अस्पतालमा पुगेर स्थितिको जायजा लियो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ। प्रथम दृष्टया यो आशंका व्यक्त गरिँदैछ कि बालिकालाई जन्मिएको केही क्षणपछि नै डस्टबिनमा छोड़ियो। स्थानीय मानिसहरूको भनाइ छ, समाजमा छोरीहरूप्रति हुने भेदभावलाई उजागार गरिरहेको यो घटनाले फेरि एकपटक मानवतालाई नै लज्जित तुल्याएको छ।

अधिक जानकारीका लागि पुलिसले घटनास्थल वरपरका सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। हाल बालिकाको अवस्था स्थिर रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande