हुगलीमा जीर्ण भवनको एक भाग भत्कियो
हुगलीमा जीर्ण भवनको एक भाग भत्कियो


हुगली, 06 अगस्त (हि. स.)। बंगालमा लगातार पानी परिरहेकोले अचानक घर भत्किएका घटनाहरू प्रकाशमा आइरहेका छन्। कोलकातामा पहिला नै तीन वटा घरहरू भत्किसकेका छन्। अब हुगलीको चुन्चुरास्थित तामलीपाड़ा क्षेत्रमा एउटा जर्जर बनिसकेको भवनको एक भाग भत्केर झरेको छ। तथापि यस घटनामा कुनै प्रकारको जनहानि भएको समाचार छैन।

वास्तवमा तामलीपाड़ास्थित हरिदास दत्ता नामक व्यक्तिको घर जीर्ण बनिसकेको छ। हुगली चुन्चुरा नगरपालिकाले पहिला नै उक्त घरलाई जर्जर घोषणा गरिसकेको थियो। तर साझेदारहरूमाझ विवाद भएको कारण घरलाई पूर्ण रूपले भत्काउन सम्भव भइरहेको थिएन। यसबीच गए मंगलवार राति घरको पछिल्लो भाग छिमेकी दास परिवारको घर अगाड़ि झऱ्यो जसले गर्दा दास परिवारको घरको मुख्य द्वार बन्द भयो। सविता दास र उनको नाती घरभित्र फसे। खबर पाएर दमकलकर्मीहरू घटनास्थलमा पुगे। चुन्चुराका विधायक असित मजुमदार तथा हुगली चुनचुरा नगरपालिकाका स्वास्थ्य विभागीय सीआईसी जयदेव अधिकारी पनि तत्कालै घटनास्थलमा पुगे। पछि नगरपालिकाले दास परिवारको घर सामु झरेको घरको अवशेषलाई हटाइदियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande