इम्फाल, 06 अगस्त (हि.स.)। हिंसा प्रभावित मणिपुरमा सुरक्षा बलहरूले बितेका दुई दिनभित्रमा राज्यभरि नै उग्रवादी, हतियार तस्करी तथा वाहन चोरीको विरोधमा गहन अभियान संचालन गरी धेरैजना आरोपीहरूलाई पक्राउ गरेको छ।
मणिपुर पुलिस मुख्यालयद्वारा जारी आधिकारिक बयान अनुसार बितेको मंगलवार प्रतिबन्धित संगठन कांगलेई यावोल कन्ना लूप (केवाकेएल)- का एक जना सक्रिय कार्यकर्ता जसको पहिचान इम्फाल पश्चिम जिल्लाको फुमलोउ केइरोई मानिंग लेइकाई निवासी सागोलसेम हेमन्त सिंह (41)- को रूपमा भएको छ,- लाई निजी आवासबाट पक्राउ गरियो। अधिकारीहरू अऩुसार आरोपी सिंह प्रतिबन्धित समूहको लागि कार्यकर्ताहरू भर्ती गर्ने गतिविधिमा सामेल थिए जसको कब्जाबाट एउटा मोबाइल फोन जफत गरिएको छ।
सोही दिन सुरक्षाकर्मीहरूले इम्फाल पश्चिमको लाम्फेल पुलिस स्टेशन अन्तर्गत लाम्फेल याइफा लेइकाईमा एउटा भाड़ाको घरबाट कांगलीपाक कम्युनिस्ट पार्टी (केसीपी - सैन्य औ विदेशी सम्पर्क)- का सदस्य नाओबी लेइशांगथेम (33) उपनाम यूहेनबालाई पक्राउ गरे जो कथित रूपमा बलजफ्ती असुली, मध्यस्थता तथा आपराधिक मामिला (महिलाहरूविरूद्ध अपराध सहित)-लाई अवैध रूपमा सुल्झाउने जस्ता गतिविधिहरूमा सामेल थिए। उसको कब्जाबाट एउटा मोबाइल ह्याण्डसेट र आधार कार्ड जफत गरिएको छ।
यसरी नै गत 4 अगस्तको दिन संचालित एक भिन्नै अभियानमा इम्फाल पूर्वका विभिन्न भागहरूबाट दुई जना संदिग्ध हतियार तस्करहरूलाई पक्राउ गरिएको छ। हुइड्रोम अवांग लेइकाईका निंगोमबाम अबुंग मैतेई (50)-लाई पौराबी हिदुंबीबाट पक्राउ गरिएको हो भने केइबी खुलेन माखा लेइकाईका निंगथौजम कोनुंगजाओ मैतेई (33)-लाई उसको गरबाट पक्राउ गरिएको हो। सुरक्षा बलहरूले आरोपीहरूबाट एउटा म्यागजिन सहित एउटा 9 मिमी पेस्तोल, दुई वटा जिउँदो कारतूस, एउटा भेसपा स्कुटर, दुई वटा मोबाइल फोन र एउटा आधार कार्ड जफत गरेका छन्।
पुलिसले बतायो, बजलफ्ती असुलीलाई जरैबाट मास्नको लागि राज्यभरि नै गुप्त जानकारीको आधारमा खोजी अभियान तथा घेराबन्दी अभियान संचालन गरिँदैछ। ऱ्याकेट तथा आपराधिक गतिविधिहरूको बारेमा जाँचबुझ गरिँदैठय़ हालैमा भएको पक्राउको पनि जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा