डिफु मेडिकल कलेजमा अत्याधुनिक एमआरआई स्क्यानरको उद्घाटन
डिफु मेडिकल कलेजमा अत्याधुनिक एमआरआई स्क्यानरको उद्घाटन


कार्बी आंगलोंग (असम), 06 अगस्त (हि.स.)। आज डिफु मेडिकल कलेज एवं अस्पतालमा अत्याधुनिक एमआरआई स्क्यानर मशिनको उद्घाटन गरियो। यस अवसरमा कार्बी आंगलोंग आटोनोमस काउन्सिल (केएएसी)- का मुख्य कार्यकारी सदस्य डा. तुलीराम रोंगहांग, कार्यकारी सदस्य (ईएम), स्वायत्त परिषदका सदस्य (एमएसी), चेयरम्यान सहित केही गणमान्य व्यक्तिहरू उपस्थित थिए। यस उद्घाटन समारोहमा मेडिकल कलेजका प्राचार्य, वरिष्ठ चिकित्सक एवं अस्पतालका अन्य कर्मचारीगण पनि उपस्थित थिए।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा. रोंगहांगले भने, यस नवीन एमआरआई स्क्यानर मशिनको स्थापनाले रोगहरूको पहिचान क्षमतामा उल्लेखनीय वृद्धि हुनेछ जसबाट क्षेत्रका हजारौं मानिसहरू लाभान्वित हुनेछन्। उनले यो पनि भने, अब उन्नत चिकित्सा जाँचको लागि टाड़ा जानु पर्दैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande