सुरेन्द्रनाथ ब्यानर्जीको पुण्यतिथिमा सुकान्त मजुमदारले दिए श्रद्धाञ्जली
सुरेन्द्रनाथ ब्यानर्जीको पुण्यतिथिमा सुकान्त मजुमदारले दिए श्रद्धाञ्जली


कोलकाता, 06 अगस्त (हि. स.)। केन्द्रिय मन्त्री औ पूर्व प्रदेश भाजपा अध्यक्ष सुकान्त मजुमदारले राष्ट्रगुरु सुरेन्द्रनाथ ब्यानर्जीसाई उनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरे। यस सम्बन्धमा उनले बुधवार एउटा पोस्ट गरेका छन्।

आफ्नो पोस्टमा उनले लेखे, स्वतन्त्रता आन्दोलनको प्रारम्भिक चरणका एकजना प्रसिद्ध नेता तथा राष्ट्रगुरू सुरेन्द्रनाथ ब्यनर्जीलाई उनको पुण्यतिथिमा गहिरो सम्वेदना अनि विनम्र श्रद्घाञ्जली अर्पण गर्दछु।

उल्लेख्य, 10 नोभेम्बर, 1848-मा जन्मेका सुरेन्द्रनाथ ब्यनर्जी 19औं शताब्दिको राजनीतिक संगठन नेशनल कन्फ्रेन्सका संस्थापक थिए। पछि उनी पार्टी सहित भारतीय राष्ट्रिय कंग्रेसमा सामेल भए। उनलाई 'राष्ट्रगुरु'- को उपाधिले सम्मानित गरियो। एकजना शिक्षकको रूपमा सर सुरेन्द्रनाथ ब्यनर्जीले विद्यार्थीहरूलाई भारतीय राष्ट्रवादको भावनाद्वारा प्रेरित, प्रोत्साहित तथा उत्साहित गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande