तृणमूल शिक्षाबन्धु समितिको विरोध प्रदर्शन
तृणमूल शिक्षाबन्धु समितिको विरोध प्रदर्शन


उत्तर दिनाजपुर, 6 अगस्त (हि.स)। तृणमूल शिक्षाबन्धु समितिको रायगञ्ज विश्वविद्यालय एकाईका सदस्यहरूले सुरक्षा गार्डको रूपमा नियुक्त गरिएका कर्मचारीहरूलाई विश्वविद्यालयका विभिन्न विभागहरूमा काम गराएको विरोधमा गए मंगलवार रायगञ्ज विश्वविद्यालयमा विरोध प्रदर्शन गरे। त्यसपछि एकाईका सदस्यहरूले विश्वविद्यालयका सहायक रजिस्ट्ररलाई ज्ञापन पनि सुम्पिए।

तृणमूल शिक्षाबन्धु समितिको आरोप छ, केही शिक्षा कर्मीहरूलाई अहिलेसम्म स्थायी गरिएको छैन। अचानक सुरक्षा गार्डको रूपमा नियुक्त केही मानिसहरूलाई विभिन्न विभागहरूमा गरेको देखिँदैछ जसको विरोधमा आवाज उठाइएको हो।

यस सम्बन्धमा रजिस्ट्ररले भने, विश्वविद्यालयद्वारा कुनै प्रकारको नियुक्ति गरिएको छैन। हुनसक्छ सुरक्षा एजेन्सीले उनीहरूलाई नियुक्त गरेको।तृणमूल शिक्षाबन्धु समितिको प्रश्न छ, सुरक्षा एजेन्सीका मानिसहरूले सुरक्षाको काम गर्नेछन्,अन्य विभागहरूमा किन काम गर्छन्? संगठनका सदस्यहरूले नियुक्तिलाई तुरून्त रद्द गर्ने माग पनि गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande