सड़क दुर्घटनामा दुई व्यक्तिको मृत्यु
सड़क दुर्घटनामा दुई व्यक्तिको मृत्यु


शिवसागर (असम), 06 अगस्त (हि.स.)। शिवसागर जिल्लान्तर्गत आमगुड़ी क्षेत्रमा बितेको मंगलवार राति भएको एक भयानक सड़क दुर्घटनामा दुई जना मानिसहरूको मृत्यु भयो। आमगुड़ी पुलिसले बुधवार बतायो, गए राति द्रुत गतिको बाइक अनियन्त्रित भएर बिजुलीको खम्बासित ठोक्कियो। यस घटनामा बाइक पूर्ण रूपले क्षतिग्रस्त भयो।

पुलिसले बताएको छ, बाइक (एएस-03आर-7283) शिवसागरको नामतीदेखि मोरियानी तर्फ गइरहेको समय द्रूत गतिको कारणले अनियन्त्रित भएर बिजुलीको खम्बामा ठोक्कियो जसले गर्दा बाइक सवार दुवै व्यक्तिको घटनास्थलमै मृत्यु भयो। मृत दुवै युवक जोरहाट जिल्लाको नामसी क्षेत्र निवासी थिए। पुलिसले दुवै शवहरूलाई थानामा ल्याएर पछि पोस्टमर्टम ग्रनको लागि अस्पतालमा पठाइदियो। ठक्कर भयानक थियो जसले गर्दा बाइक पूर्ण रूपले क्षतिग्रस्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande