भुवनेश्वर, 6 अगस्त (हि.स.)। केन्द्रिय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले भारतीय जनता पार्टी (भाजपा)-की वरिष्ठ नेता औ पूर्व केन्द्रिय विदेश मन्त्री सुषमा स्वराजको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले सुषमा स्वराजलाई एक कुशल राजनीतिज्ञ, प्रखर वक्ता औ संगठन तथा सरकार दुवै क्षेत्रमा समान रूपमा प्रभावशाली नेता बताए।
आफ्नो सोशल मीडिया पोस्टमा धर्मेन्द्र प्रधानले भने, “समकालीन भारतीय राजनीतिमा सुषमा स्वराजजी एक संवेदनशील औ समर्पित नेताको रूपमा परिचित थिइन्। नेता विपक्षको रूपमा अनेकौ विषयहरूमा उनको मुखरताले भारतील लोकतन्त्रलाई नयाँ उचाईँमा पुऱ्यायो अनि विदेशमन्त्रीको रूपमा उनको निर्णय क्षमता एवं दूरदृष्टिले भारतीय विदेश नीतिलाई नयाँ आयाम दियो।”
प्रधानले अझ भने, संगठनदेखि लिएर सरकारसम्म हरेक दायित्वमा सुषमा स्वराजले आफ्नो कार्यक्षमता तथा निष्ठाले देशलाई सशक्त बनाइन्। उनले स्वराजलाई ‘दिदी’-को संज्ञा दिँदै लेखे, उनका स्मृतिहरूले सदैव कर्तव्यनिष्ठ तथा राष्ट्रसेवाको मार्गमा अग्रसर हुने प्रेरणा दिरहनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा