द्रूत गतिको बसको चपेटमा परी युवकको मृत्यु
द्रूत गतिको बसको चपेटमा परी युवकको मृत्यु


बीरभूम, 6 अगस्त (हि.स.)। बीरभूम जिल्लाको बोलपुरस्थित शान्तिनिकेतन रोडमा बुधवार बिहान एक द्रूत गतिको बसको चपेटमा परी एक जना युवकको मृत्यु भयो। स्थानीय एवं पुलिस सूत्रानुसार बोलपुरदेखि नतुनहाट जाने क्रममा बसले युवकलाई पछिबाट ठक्कर दियो। युवक बसको चक्कामुनि परे जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो। यस घटनापछि क्षेत्रमा व्यापक उत्तेजना सृष्टि भएको छ।

स्थानीय मानिसहरूले बस चालकलाई पक्राउ गर्ने माग गरेका छन्। पछि बोलपुर थानाको पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। पुलिसले बतायो, शवलाई पोस्टमर्टम गर्नकोलागि बोलपुर महकुमा अस्पतालमा पठाइएको छ। यो समाचार लेखुञ्जेलसम्म पनि मृतकको पहिचान हुन सकेको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande