जलपाईगुड़ी, 6 अगस्त (हि.स)। धूपगुड़ीको बारघरिया ग्राम पञ्चायत कार्यालयको घटनाले समाजमा एकपटक फेरि अमानवीयताको मुहारलाई स्पष्ट रूपमा सबै सामु ल्याइदिएको छ।यहाँ दिनभरि एकजना युवकको शव भुइँमा लड़िरह्यो, तर चासो देखाउने कोही भएन।
जानकारी अनुसार नारायण थाई (30) बितेको सोमवार साँझ आफ्नो घरबाट बेपत्ता भएका थिए। परिवारले बतायो, तिनी मानसिक रूपमा बिमार थिए। पारिवारिक अशान्तिको कारण तिनी घरबाट हिँड़ेका थिए। रातभरि खोजी गरेपछि मंगलवार पञ्चायत कार्यालयमा एउटा शव लड़िरहेको सूचना प्राप्त भयो। परिवारका सदस्यहरूले घटनास्थलमा पुगेर शवको पहिचान नारायण थाईको रूपमा गरे। पञ्चायत कार्यालयमा प्रधान स्वयं पनि उपस्थित थिए, तर कसैले पनि शवमाथि ध्यान दिएनन्। अन्ततः साँझ भाजपा पञ्चायत सदस्य नरेश रायले यस घटनालाई उजागार गरे। त्यसपछि मात्र कारबाही शुरू भयो। पुलिसले हतार-हतार घटनास्थलमा पुगेर शवलाई कब्जामालियो। तर नारायण पञ्चायत कार्यालयमा कसरी आइपुगे यो एउटा रहस्य नै भएको छ।
मृतकका भाइ निर्मल थाईले बताए, गत सोमवार साँझ नारायण रिसाएर घरबाट हिँड़ेका थिए। त्यसपछि बेपत्त भएका थिए। मंगलवार मैले सुनें, ग्राम पञ्चायत कार्यालयमा एकजना युवकलाई मृत अवस्थामा भेटिएको छ। त्यहाँ पुगेर हेर्दा नारायण थियो।
बारघरिया ग्राम पञ्चायतका उपप्रधान अबु ताहेरले यस सम्बन्धमा बताए, पुलिसलाई शव रहेको सूचना दिइएको थियो। परिवारले शवलाई लिएर जानको लागि आनाकानी गरिरहेको थियो। त्यसैले शव लामो समयसम्म त्यसै परिसरमा लड़िरहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा