गान्तोक, 06 अगस्त (हि.स.)। सिलगढीको शास्त्री नगर निवासी शुभम सुब्बालाई सिङताम पुलिसले संदिग्ध ब्राउन शुगरको साथमा पक्राउ गरिएको छ। 26 वर्षीय आरोपीलाई राष्ट्रिय राजमार्ग 10 अन्तर्गत टोपाखानी टनलमा पक्राउ गरिएको हो।
पुलिस रिपोर्ट अनुसार, विश्वासनीय सूत्रहरूको सूचनाको आधारमा शुभम सुब्बालाई मंगलवार राष्ट्रिय राजमार्ग 10 अन्तर्गत टोपाखानी टनलमा रोकियो। एनडीपीएस अधिनियम, 1985 अन्तर्गत गरिएको खोज प्रक्रियामा पुलिसले आरोपीबाट संदिग्ध 58.78 ग्राम ब्राउन शुगर जफत गऱ्यो। पुलिसले आरोपी विरुद्ध मामिला दर्ता गरेर जॉंच अगाडि बढाएको छ।
हिन्दुस्थान समाचार / बिशाल