गाजियाबाद, 06 अगस्त (हि.स.)। उत्तर प्रदेशको गाजियाबादको थाना क्रसिङ रिपब्लिक पुलिसले मंगलवार राति भिड़न्तमा दुई शातिर लुटेराहरूलाई पक्राउ गरेको छ। पुलिसको गोलीले दुवै घाइते भएका छन्, जसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ। उनीहरूदेखि पुलिसले दुई पेस्तोल, एक अपाचे मोटरसाइकिल, सात मोबाइल फोन जफत गरेको छ।
एसीपी प्रियांशी पालले बुधवार बिहान बताइन्, थाना क्रसिङ रिपब्लिक अन्तर्गत जल प्लान्ट अण्डरपास वरपर जब एक चेकिङ पोइन्ट लगाएर सघन चेकिङ गरिँदैथियो, तब उपनिरीक्षक अंकितको टीमले दुई संदिग्ध बाइक सवार व्यक्तिलाई आएको देखेरे रोकिने इशारा गऱ्यो। तर बाइक सवार व्यक्तिहरूले रोकिनको सट्टा आफ्नो बाइकलाई अझ् तीव्र गतिमा रिछपाल गढ़ीको पुलियातिर भगाउन थाले। टीमले रिछपाल गढ़ीको पुलियामा तैनाथ दोस्रो टीमलाई सूचित गऱ्यो र त्यहाँबाट उक्त टीमपनि आउन थाल्यो। दुवैतर्फबाट आफूलाई घेरिएको देखेर जल प्लान्ट सामू आफ्नो बाइक छोड़ेर पुलिसमाथि गोलीबारी शुरू गरे। पुलिस टीमले जब जवाबी कारबाही गऱ्यो तब दुवैको खुट्टामा गोली लाग्यो।
सोथपुछमा थाहा लाग्यो कि यसमध्ये एकको नाम सनी हो, जो हापुड़ निवासी हो। दोस्रो व्यक्तिको नाम देवेश हो र उ क्रसिङ पब्लिकको निवासी हो। देवेशमाथि 07 मामिला र सनीको नाममा 10 मामिला दर्ता छन्। घाइतेहरूलाई उपचारको निम्ति सीएचसी पुऱ्याइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी