गान्तोक, 06 अगस्त (हि.स.)। पूर्व सिक्किमको कुपुप पुलिस थाना क्षेत्र अन्तर्गत टीआर जंक्शनमा भएको एक वाहन दुर्घटनामा एक सेनाका जवान बलिदान भएका छन्। दुर्घटनामा एक अन्य जवान घाइते भएका छन्।
पुलिस रिपोर्टमा उल्लेख गरिए अनुसार, दुर्घटना हिजो, मंगलवार सॉंझ लगभग 6 बजी भएको हो। दुर्घटनाको समय 55 इन्जिनियरका दुई सैन्य कर्मी लान्स नाइक अमरिक सिंह (34) र लान्स नाइक रिंकु सिंह (29) एउटा वाहनमा टीआर जंक्शनतिर गइरहेका थिए। वाहन अमरिक सिंहले चलाइरहेका थिए। टीआर जंक्शन छेउ आइपुग्दा चालकले अचानक वाहनमाथि नियन्त्रण गुमाइपठाए र वाहन सडकदेखि लगभग 20 फिट तल झऱ्यो।
दुर्घटनापछि, घाइते जवानहरूलाई कुपुपस्थित सेनाको एमआई रूममा उपचारको निम्ति लगियो, जहॉं चिकित्सा अधिकारीले लान्स नाइक रिंकु सिंहलाई मृत घोषित गरे। घाइते जवान अमरिक सिंहलाई थप उपचारको लागि राजधानीस्थित सेनाको अस्पतालमा पठाइएको छ। यस घटनाको सम्बन्धमा पुलिसले मामिला दर्ता गरेर जॉंच गरिरहेको छ।
हिन्दुस्थान समाचार / बिशाल