खरसाङ, 06 अगस्त (हि.स.)। खरसाङ नगरपालिका ठेकेदार कल्याण संगठनको एक सभा अध्यक्ष शरद प्रधानको सभापतित्वमा बुधवार सम्पन्न भयो। सभामा ठेकेदार संगठन विषयमा धेरै सर सल्लाह र चर्चा परिचर्चा गरियो।
खरसाङ नगरपालिका अन्तर्गत पर्ने वार्डहरुमा जति पनि विकासमूलक कार्यहरू भइरहेका छन्, ती सबै कामहरू नै पूर्ण सरकारी मापदण्ड अनुरुप स्तरीय रूपमा भइरहेको जानकारी सभामा गराइयो। ठेकेदार संगठन विकासमूलक कार्यहरूमा मात्र सीमित नरहेर खरसाङको भलाईको लागि पनि सदैव तत्पर रहेको सभामा बताइयो।
सभामा देबु गुरुङ, बिष्णु तिरूवा अनि पासाङ लामाले खरसाङ नगरपालिका ठेकेदार कल्याण संगठनमार्फत अनित थापाको नेतृत्वलाई आत्मासाथ गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पारटीलाई समर्थन जनाएको बताइएको छ। उनीहरूलाई संगठनका सभापति शरद प्रधान र उप सभापति प्रेमेन्द्र गुरूङले खदा लगाएर पार्टीमा प्रवेश गराए। उनी दुवैले अब उप्रान्त संगठनमा समर्पित बनेर काम गर्ने मन्तव्य राखेको जानकारी बिरबल पाख्रीनले दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक