कोलकाता, 06 अगस्त (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार झाड़ग्राममा आयोजित ऱ्यालीबाट राष्ट्रिय नागरिक पंजीकरण (एनआरसी) र विशेष गहन संशोधन (एसआईआर) को मुद्दामा केन्द्र सरकार, असम सरकार र केन्द्रिय गृह मन्त्री अमित शाहमाथि तीखो हमला गरिन्। उनले भनिन्, एसआईआरको बहाना बंगालमा एनआरसी लागू गर्न षड़यन्त्र चलिरहेको छ त उनले यसलाई कहिले स्वीकार गर्नेछैनन्।
ममता ब्यानर्जीले सभा मंचबाट अमित शाहमाथि हमला गर्दै भनिन्, अमित शाहले पहिले आफ्नो जन्म प्रमाण पत्र देखाउन्, भाजपाले पुरानो दस्तावेजहरूको उल्लेख गरेर बंगालका भोटहरूको नाम काट्ने योजना बनाइरहेको छ, जसबाट मानिसहरू भयभित छन् र आत्महत्यासम्म गरिरहेका छन्। उनले जनतासित अपील गरिन् कि उनीहरू नडराउन्, किनभने उनले मानिसहरूको अधिकार खोस्न दिनेछैनन्।
यसका साथै उनले आरोप लगाइन्, असम सरकारले बंगालका धेरै मानिसहरूलाई नोटिस पठाइरहेको छ र यो पूरा प्रक्रिया अवैध हो। उनले सोधिन्, कुन कानून अन्तर्गत असम सरकारले नोटिस पठाइरहेको छ ? ममताले चेताउनी दिइन्, यदि असली भोटरहरूको नाम मतदाता सूचीबाट हटाइयो भने उनले सख्त कदम उठाउनेछिन्।
हिन्दुस्थान समाचार / भवानी थामी