बदमाशहरूले युवकको हात-खुट्टा बाँधेर बोरामा हालेर फ्याके
बदमाशहरूले युवकको हात-खुट्टा बाँधेर बोरामा हालेर फ्याके


कामरूप, 06 अगस्त (हि.स.)। दक्षिण कामरूपमा जोरशिमुलीको महावीरपाथरमा ईएण्डडी तटबन्धमा हिजो राति एक सनसनीपूर्ण घटना घट्यो। अज्ञात बदमाशहरूद्वारा हत्याको उद्देश्यले एक युवकको हात-खुट्टा बाँधेर बोरामा हालेर छोड़िएको थियो। युवकको पहिचान टेकलीफुटा (कमलापुर) निवासी तैयब अलीको छोरा अली अकबरको रूपमा गरिएको छ।

रातको अन्धकारमा स्थानीय मानिसहरूको आवाज सुनेर बदमाशहरूको समूह घटनास्थलबाट भाग्यो। युवकलाई पछि स्थानीय मानिसहरूले सदमाको स्थितिमा बचाए औं गरैमारी सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ती गराए तर डाक्टरहरूले उसलाई उन्नत उपचारको निम्ति गुवाहाटी मेडिकल कलेज अस्पताल रेफर गरे। पुलिस यस मामिलाको जाँचमा जुटेको छ। पुलिसको भनाई छ, युवक होशमा आएपछि मात्र स्थिति स्पष्ट हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande