रम्फू, 06 अगस्त (हि.स.)। राज्य जन स्वास्थ्य अभियान्त्रिकी विभागका मन्त्री सोनाम लामाको अगुवाईमा विभागका सचिव र अन्य अधिकारीहरूको एक टोलीले आज रम्फूमा चलिरहेको आमा सम्मान दिवस 2025 तयारीको निरीक्षण भ्रमण गऱ्यो। मन्त्रीले विभागका अधिकारीहरूलाई कार्यक्रमको लागि पर्याप्त जलापूर्ति सुनिश्चित गर्न निर्देश दिए।
मन्त्री लामाको निर्देशमा विभागका अधिकारीहरूले एमईओ, रम्फूसॅंग नजिक समन्वय राखेर काम गर्ने र कार्यक्रमको आवश्यकता अनुरुप सबै व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उल्लेखनीय छ, आगामी 10 अगस्तका दिन रम्फूमा 'आमा सम्मान दिवस' आयोजना हुनेछ। विशेष रूपमा आमाहरूलाई समर्पित यस कार्यक्रममा 32 हजारभन्दा धेरै आमाहरूलाई सिक्किम आमा सशक्तिकरण योजना अन्तर्गत वित्तीय सहायताको प्रथम किस्ता वितरण गरिने छ। यसरी नै सिक्किम आमा सहयोग योजना अन्तर्गत 4,200 आमाहरूलाई वर्षमा चारवटा एलपीजी ग्यास सिलिन्डर रिफिलको लागि वित्तीय सहायता प्रदान गरिने छ।
हिन्दुस्थान समाचार / बिशाल