कोलकाता एयरपोर्टमा नक्कली पासपोर्ट सहित बंगलादेशी नागरिक पक्राउ
कोलकाता एयरपोर्टमा नक्कली पासपोर्ट सहित बंगलादेशी नागरिक पक्राउ


कोलकाता, 08 अगस्त (हि.स.)। कोलकाताको नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाईअड्डामा पुलिसले एकजना बंगलादेशी नागरिकलाई नक्कली भारतीय पासपोर्ट सहित पक्राउ गऱ्यो। आरोपीले आफूलाई भारतीय नागरिक बताएर जर्मनी जानको लागि फ्लाइटमा सवार हुने चेष्टा गरिरहेको थियो। इमिग्रेशन जाँचमा उसको वास्तविकताको खुलासा भयो अनि उसलाई तुरून्त हिरासतमा लिइयो।

सूत्र अनुसार आरोपीबाट भारत अनि बंगलादेश दुवैको पासपोर्ट जफ्त गरिएको छ जसमा भिन्न-भिन्नै नाम अंकित रहेको छ। बंगलादेशी पासपोर्टमा उसको नाम श्रमिक बड़ुआ छ भने भारतीय पासपोर्टमा पराश राय लेखिएको छ। जाँचबुझमा खुलासा भयो, उसले नक्कली भारतीय पासपोर्ट बनाएर जर्मनी भाग्ने योजनामा थियो। सही जवाफ नदिएको कारणले उसलाई एयरपोर्ट थानाले पक्राउ गऱ्यो। आज आरोपीलाई ब्यारकपुर अदालतमा पेश गरियो।

यसरी लगातार प्रकाशमा आइरहेको यस्तो मामिला सुरक्षा एजेन्सीको लागि चिन्ताको विषय बन्दै गइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande