रेलवे कर्मचारीको हात इञ्जिनमा फस्यो, डेढ़ घण्टासम्म स्टेशनमै बस्यो ट्रेन
रेलवे कर्मचारीको हात इञ्जिनमा फस्यो, डेढ़ घण्टासम्म स्टेशनमै बस्यो ट्रेन


हुगली, 08 अगस्त (हि. स.)। हावड़ा-बर्दवान (मेन) शाखा अन्तर्गत मेमारी रेलवे स्टेशनमा शुक्रवार बिहान रेलवेका एक जना म्याकेनिकल कर्मचारीको हात इञ्जिनमा फसेको कारणले एउटा लोकल ट्रेन लगभग डेढ़ घण्टासम्म प्लेटफर्ममै बस्यो।

प्राप्त जानकारी अनुसार डाउन बर्दवान-हावड़ा (मेन) लोकल ट्रेन बिहान 7:26 बजी बर्दवान स्टेशनबाट प्रस्थान भएको थियो। यस ट्रेनमा रेलवेका एक जना म्याकेनिकल कर्मचारी पनि थिए। ट्रेम मेरारी स्टेशनको प्लेटफर्म नम्बर-3 मा आइपुग्दा ट्रेनको इञ्जिनमा कुनै वस्तु झऱ्यो जसलाई टिप्ने क्रममा रेलवे कर्मचारीको हात इञ्जिनमा फस्यो। कर्मचारीको हात लगभग एक घण्टासम्म इञ्जिनमा फस्यो।

घटनापछि डाउन ट्रेन लगभग डेढ़ घण्टासम्म स्टेशनमै बस्यो। यात्रीहरूलाई अर्को ट्रेन मार्फत उनीहरूको गन्तव्यतर्फ प्रस्थान गराउने व्यवस्था गरियो। सूचना पाएर अन्य रेल कर्मचारीहरू पनि घटनास्थलमा पुगे। लगभग एक घण्टाको कठिन संघर्षपछि रेल कर्मचारीको हातलाई सुरक्षित बाहिर निकालियो अनि ट्रेन आफ्नो गन्तव्यतर्फ प्रस्थान भयो।

यस घटनाको बारेमा पूर्व रेलवेकी जनसम्पर्क अधिकारी दीप्तिमय दत्ताले बताइन्, इञ्जिनमा तकनिकी खराबी भएको कारणले डाउन बर्दवान-हावड़ा लोकल ट्रेन लगभग डेढ़ घण्टासम्म मेमारी स्टेशनमा रोकियो। समस्या समाधान भएपछि ट्रेन आफ्नो गन्तव्यतर्फ प्रस्थान भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande