नक्सलीहरूको आईईडी विस्फोटमा कोरबाका दुई जवान घाइते
नक्सलीहरूको आईईडी विस्फोटमा कोरबाका दुई जवान घाइते


पश्चिमी सिंहभूम, 08 अगस्त (हि.स.)। पश्चिमी सिंहभूम (चाईबासा) -को सारण्डा स्थित जंगली - पहाड़ी क्षेत्रमा संचालित नक्सल विरोधी अभियान अवधि शुक्रवार तात्कालिक विस्फोटक उपकरण (आईईडी) विस्फोटमा परी कोबरा 209 बटालियनका दुईजना जवानहरू घाइते भएका छन्। दुवैलाई प्राथमिक उपचारपछि उन्नत उपचारको निम्ति राँची लगिँदैछ।

पुलिस महानिरीक्षक (आईजी) अभियान सह पुलिस प्रवक्ता माइकल राज एसले उक्त घटनाको पुष्टि गर्दै बताए, झारखण्ड पुलिस (चाईबासा पुलिस) र कोबरा बटालियनको टीमले नक्सली विरोधी संयुक्त अभियान संचालन गरिरहेको छ। अभियानको क्रममा सारण्डाको जंगली-पहाड़ी क्षेत्रमा नक्सलीहरूद्वारा सुरक्षा बलहरूलाई लक्षित गरी आईईडी ब्लास्त गरियो जसको चपेटमा परेर कोबरा 209 बटालियनका दुईजना जवानहरू घाइते भएका छन् जसलाई उपचारको निम्ति हेलिकप्टरको माध्यमबाट राँची ल्याइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande