अजमेर, 08 अगस्त (हि.स.)। अजमेरको नसीराबाद उपखण्ड स्थित झड़वासा पुलिस चौकीमा तैनाथ सिपाही चुनारामलाई अजमेर पुलिस अधीक्षक वन्दिता राणाले पुलिस महानिरीक्षक राजेन्द्र सिंहको निर्देशमा तुरन्तै प्रभावदेखि निलम्बित गरेकी छन्।
पुलिस महानिरीक्षक (आईजी) राजेन्द्र सिंहको पदभार ग्रहण गर्दा उनलाई परिवादी सेनाको जवान किशनद्वारा शिकायत गरिएको थियो कि झाड़वासा चौकी नसीराबादको सिपाही चुनारामले उसलाई झूटो केसमा फसाएर थानामा बन्द गरी 10 हजार रूपियाँ मागेको थियो। जवानले सिपाहीलाई 5 हजार रूपियाँ नगदी दिएको थियो जबकि 5 हजार रूपियाँ उसले अनलाइन हालेको थियो। आईजी राजेन्द्र सिंहले मामिलालाई गम्भीरताले लिँदै पुलिस अधीक्षक वन्दिता राणालाई जाँच गरी तुरन्तै कारबाहीको निर्देश दिएका थिए। एसपी वन्दिताले पनि शिकायतलाई गम्भीर मान्दै सिपाही चूनारामलाई निलम्बित गरिन्।
हिन्दुस्थान समाचार / भवानी थामी