कोलकाता, 9 अगस्त (हि.स.)। आर.जी. कर मेडिकल कलेजमा महिला डाक्टरसित भएको बलात्कार अनि हत्याकाण्डको पहिलो वर्षगाँठमा भारतीय जनता पार्टी (भाजपा)-का राष्ट्रिय सचिव तथा पश्चिम बंगालका केन्द्रिय पर्यवेक्षक अमित मालवीयले ममता ब्यनर्जी सरकारमाथि महिलाहरूको सुरक्षामा विफल रहेको गम्भीर आरोप लगाए। उनले भने, राज्यमा महिलाहरूविरूद्ध अपराध लगातार बढ़्दै गइरहेको छ, तर सरकार यस दिशामा ठोस कदम उठाउन असफल भएको छ।
मालवीयले सोशल मीडिया एक्समा शनिवार आँकड़ाहरू सहित एक बयान जारी गरी भने, पश्चिम बंगाल महिलाहरूको लागि देशको सबैभन्दा असुरक्षित राज्यहरूमध्ये एक भएको छ। उनले राष्ट्रिय अपराध रेकर्ड ब्यूरोको आँकड़ाको आधारमा बताए, वर्ष 2022-मा राज्यमा महिलाहरूविरूद्ध 34 हजार 738 अपराध दर्ता भएको छ जसबाट यो देशको शीर्ष पाँच राज्यहरूमा सामेल भएको छ। राज्यको अपराध दर 71.8 प्रति लाख जनसंख्या छ जुन राष्ट्रिय औसत 65.4 प्रतिशतभन्दा अधिक हो।
उनले यो पनि खुलासा गरे, अगस्त, 2024-सम्म पश्चिम बंगालमा बलात्कार तथा पोक्सोसित जोड़िएको 48 हजार 600 मामिला फास्ट ट्र्याक विशेष अदालतमा थाँतीमा छ। यसले ममता ब्यनर्जी सरकारको प्रशासनिक विफलतालाई दर्शाउँछ।
मालवीयले भने, “ममता ब्यनर्जीको नेतृत्वमा बंगालका महिलाहरू असुरक्षित, अनसुनी तथा उपेक्षित छन्। राज्यको जवाफ मात्र होइन, जवाफदेही हुनुपर्छ। आगामी वर्ष 2026-मा यसलाई सत्ताच्युत पार्नुपर्छ।।”
आर.जी. करकाण्डलाई लिएर उनले भने, एक वर्षपछि पनि स्थितिमा कुनै बदलाउ आएको छैन। उनले लेखे, “कुचबिहारदेखि बासन्ती, पाटुलीदेखि कसबासम्म बंगालका छोरीहरूको चित्कार अहिले पनि गुञ्जिरहेको छ। आफूलाई बंगालको रक्षक भन्ने मुख्यमन्त्रीसित यस पीड़ालाई सुन्ने समय पनि छैन। उनले महिलाहरूको सुरक्षाको सट्टा उनीहरूको चरित्रमाथि प्रश्न उठाउनमा व्यस्त छन्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा