'भारत छोड़ आन्दोलन दिवस'- को वर्षगाँठमा कंग्रेसले टाउन हलमा राष्ट्रिय झण्डा फहरायो
'भारत छोड़ आन्दोलन दिवस'- को वर्षगाँठमा कंग्रेसले टाउन हलमा राष्ट्रिय झण्डा फहरायो


नयाँ दिल्ली, 9 अगस्त (हि.स.)। दिल्ली प्रदेश कंग्रेस कमिटीका अध्यक्ष देवेन्द्र यादवले शनिवार भारत छोड़ो आन्दोलन दिवसको वर्षगाँठमा चाँदनी चौकको ऐतिहासिक टाउन हलमा राष्ट्रिय झण्डा फहराए।

उनले भने, आज जुन स्वतन्त्रता हावामा हामीले सास लिरहेका छौं, त्यसको लागि आजकै दिन 9 अगस्त, 1942-मा महात्मा गान्धीले 'गर वा मर’- को नारा दिएर अंग्रेजहरूको विरोधमा भारत छोड़ आन्दोलनको शुरूआत गरे। यसको पाँच वर्षपछि 15 अगस्त, 1947-मा अंग्रेजहरूलाई देश छोड़ेर जानुपऱ्यो। आजकै दिनलाई क्रान्ति दिवसको रूपमा पनि मनाइन्छ।

यस अवसरमा देवेन्द्र यादव अतिरिक्त पूर्वमन्त्री दिल्ली सरकार हारून युसूफ, कम्युनिकेशन विभागका चेयरम्यान अनिल भारद्वाज, पूर्व विधायक हरिशंकर गुप्ता औ आसिफ मौहम्मद खान उपस्थित थिए।

देवेन्द्र यादवले भने, मलाई गर्व लाग्छ कि म त्यस कंग्रेस पार्टीको सैनिक हुँ जसले देशलाई स्वतन्त्रता दिलाउनको लागि महत्वपूर्ण भमिका निर्वाह गऱ्यो अनि देशलाई शिक्षा, तकनिकको क्षेत्रमा विश्वको बराबरमा ल्याएर उभ्यायो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande