अवैध अनलाइन सट्टाबाजी मामिलामा ईडीले 80 वटा खाताबाट 14.29 करोड़ रुपियाँ जफ्त गऱ्यो
अवैध अनलाइन सट्टाबाजी मामिलामा ईडीले 80 वटा खाताबाट 14.29 करोड़ रुपियाँ जफ्त गऱ्यो


कोलकाता, 9 अगस्त (हि.स.)। प्रवर्तन निदेशालय (ईडी)-ले अवैध अनलाइन सट्टाबाजीसित जोड़िएको मामिलामा ठूलो कारबाही गर्दै 80 वटा ‘म्यूल’ ब्यांक खातामा जमा गरिएको 14.29 करोड़ रुपियाँको चल सम्पत्तिलाई जफ्त गरेको छ। यो कारबाही धनशोधन निवारण अधिनियम (पीएमएलए) अन्तर्गत गरिएको हो।

केन्द्रिय एजेन्सीका एकजना अधिकारीले शनिवार बताए, जाँचमा थाहा लागेको छ कि अवैध अनलाइन सट्टाबाजीबाट अर्जित रकमलाई केही ‘म्यूल’ खाताहरूमा जमा गरिएको थियो जसलाई पछि विभिन्न शेल कम्पनीहरूको माध्यमबाट अर्कोतिर पठाइन्थ्यो। यो मामिला सिलगढ़ी पुलिस आयुक्तालय, उत्तर बंगालद्वारा पश्चिम बंगाल जुआ औ इनामी प्रतियोगिता अधिनियम, 1957 अन्तर्गत दर्ता प्राथमिकीसित जोड़िएको छ।

ईडीले बतायो, यो सट्टाबाटी एप एक औपचारिक कर्पोरेट ढाँचामा संचालन भइरहेको थियो। संदिग्ध व्यक्तिहरूलाई प्यानल र फ्रेन्चाइजी भाड़ा दिएर अवैध सट्टाबाजीको नेटवर्क संचालन गरिँदैथ्यो। यो एपमा ग्राहक जुटाउने समूह, कल सेन्टर, अकाउण्ट विभाग र जितेको राशिलाई सुल्झाउने विभाग पनि सामेल थियो जसले व्हाट्सएप ग्रुप र टेलीग्राम च्यानलहरूको माध्यमबाट काम गरिरहेको थियो। जाँचमा यो पनि थाहा लागेको छ, प्यानल खरिद गर्नको लागि भुक्तान यूएसडीटी जस्तो क्रिप्टोकरेन्सीमा गरिँदैथ्यो।

तीन जून को ईडी ने पश्चिम बंगाल, दिल्ली, बिहार, उत्तर प्रदेश और असम में छापेमारी कर ‘म्यूल’ खातों और अवैध सट्टेबाजी/जुआ नेटवर्क से जुड़े कई ठिकानों से आपत्तिजनक दस्तावेज और डिजिटल डिवाइस जब्त किए थे। इस दौरान विशाल भारद्वाज उर्फ़ बादल भारद्वाज, सोनू कुमार ठाकुर और अभिषेक बंसल को पीएमएलए, 2002 के तहत गिरफ्तार किया गया था। तीनों आरोपित फिलहाल न्यायिक हिरासत में हैं।

यसपूर्व केन्द्रिय एजेन्सीले पहिला पनि 1,130 ‘म्यूल’ ब्यांक खाताहरूमा जमा लगभग 10.20 करोड़ रुपियाँलाई फ्रीज गरेको थियो। यस मामिलामा दशजना आरोपीहरूविरूद्ध अभियोजन सिकायत दर्ता गरिसकिएको छ र विशेष अदालतले प्री-कग्निजेन्स आदेश जारी गरेको छ। हाल जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande