कोलकाता, 9 अगस्त (हि.स.)। गए शुक्रवार राती पार्क स्ट्रीटस्थित एक नामी रेस्टोरेन्टमा अचानक आगो लाग्नाले भाग-दौड़ मच्चियो। राती लगभग 9:50 बजे भएको यस आगलागीको कारणले रेस्टोरेन्ट तथा वरपरका क्षेत्र कालो धुँवाले भरियो। सूचना पाएर दमकलका तीनवटा वाहन सहित कर्मचारीहरू घटनास्थलमा पुगेर बचाउ कार्यमा जुटे। दमकल कर्मीहरूको तत्परताले लगभग डेढ़ घण्टापछि आगोलाई नियन्त्रण गरियो। यस घटनामा कुनै प्रकारको ज्यानहानि भएको समाचार छैन। प्रारम्भिक जाँचमा आशंका व्यक्त गरिँदैछ, आगलागीको कारण शर्ट सर्किट हुनसक्छ।
दमकल विभागीय अधिकारीहरू अनुसार आगो लाग्नसाथ रेस्टोरेन्टमा रहेका मानिसहरूलाई बाहिर निकालियो। धुँवा बढ़ी फैलिएकोले वरपरका क्षेत्रहरूमा पनि सन्त्राष फैलिएको थियो, तर समयमै स्थितिलाई नियन्त्रण गरियो।
उल्लेखनीय छ, यसै वर्षको गत जून महिनामा दक्षिण कोलकाताको शरत बोस रोडस्थित एक होटलमा आगो लागेको थियो जसमा न्यूनतम 50 जना मानिसहरू फसेका थिए। त्यसबेला दमकलका पाँच वटा वाहनहरूले घटनास्थलमा पुगेर बचाउ कार्य गरेका थिए। यसरी नै अप्रेलमा बड़े बजारको मदन मोहन मछुआ बजार फलपट्टीको एक होटलमा पनि आगलागीको घटनामा 15जना मानिसहरूको ज्यान गएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा