बंगाईगाउँ (असम), 09 अगस्त (हि.स.)। दिदी-भाइ वा दाज्यु-बहिनीको प्रेम, सुरक्षा एवं विश्वासको प्रतीक रक्षाबन्धन यस वर्ष असममा एक विशेष देशभक्तिको माहोलबीच मनाइयो। केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ), भारत विकास परिषद औ सीमान्त चेतना मञ्च पूर्वोत्तर असमको संयुक्त प्रयासमा आयोजित यस कार्यक्रमले भारतीय संस्कृति एवं सुरक्षा बलहरूप्रति समाजको श्रद्धालाई नयाँ आयाम दियो।
कार्यक्रमको शुरुमा भारत विकास परिषद एवं सीमान्त चेतना मञ्चका सदस्य अनि समाजसेवीहरूले सीआरपीएफ अधिकारी एवं जवानहरूलाई तिलक, आरती एवं मिठाई खुवाएर राखी बाँधे। दिदी-बहिनीहरूले पारम्परिक परिधानमा सजिएर जवानहरूको दीर्घायु एवं सुरक्षाको कामना गरे।
156औं बटालियनका उप-कमाण्डेन्ट रजनिश कुमार पाठकले भने, “यो हाम्रो लागि गर्वको कुरा हो कि यस्तो राष्ट्रवादी संस्थाले हामीसित मिलेर यस पावन पर्वलाई मनाइरहेको छ। यसबाट हामीलाई अनुभूति हुन्छ कि हामी सीमामा मात्र नभएर समाजको हृदयमा पनि बस्छौं।”
भारत विकास परिषद एवं सीमान्त चेतना मञ्च पूर्वोत्तर, असमका राष्ट्रिय संयोजकले भने, “रक्षाबन्धन चेली-माइतीको पर्व मात्र नभएर यो ती वीर सैनिकहरूप्रति कृतज्ञता व्यक्त गर्ने अवसर हो जो देशका सीमाहरूको रक्षामा दिन-रात तैनाथ रहन्छन्।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा