एपीपीएससीसीई-2024 मा उतीर्ण उम्मेद्वारहरूलाई मुख्यमन्त्रीले दिए शुभकामना
एपीपीएससीसीई-2024 मा उतीर्ण उम्मेद्वारहरूलाई मुख्यमन्त्रीले दिए शुभकामना


इटानगर, 09 अगस्त (हि.स.)। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले अरुणाचल प्रदेश लोक सेवा संयुक्त प्रतियोगी परीक्षा-2024 (एपीपीएससीसीई-2024)- मा सफलतापूर्वक उत्तीर्ण हुने सबै उम्मेद्वारहरूलाई बधाई अनि शुभकामना दिएका छन्।

सोशल मीडियाको माध्यमबाट मुख्यमन्त्री खाण्डुले भनेका छन्, तपाईहरूको समर्पण, कड़ा मिहेनत र लगनले अरूणाचल प्रदेश सरकारका विभिन्न प्रतिष्ठित पदहरूमा नियुक्तिको लागि आवेदक मेधावी उम्मेद्वारहरूलाई एक योग्य स्थान दिलाएको छ।

तपाईहरू सबैलाई जन सेवा र नेतृत्वको यस आशाजनक यात्रामा अगाड़ि बढ़्नको लागि शुभकामना। तपाईहरू हाम्रो राज्य तथा यहाँका मानिसहरूको विकास र कल्याणकोलागि इमानदारी, प्रतिबद्धता एवं उत्कृष्टताको साथमा सेवा गरिरहनुहोस्। परिणाम आगामी 8 अगस्तमा घोषणा हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande