मुख्यमन्त्री ममता ब्यानर्जीले दिइन् राखीको शुभकामना
मुख्यमन्त्री ममता ब्यानर्जीले दिइन् राखीको शुभकामना


कोलकाता, 9 अगस्त (हि.स.)। चेली-माइतीको पवित्र पर्व रक्षाबन्धनको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले मानिसहरूलाई शुभकामना दिएकी छन्। तथापि यस अवसरमा पनि ममता ब्यानर्जीले बंगालको अस्मिता र भाषाको राग अलापेकी छन्। उनले यस पवित्र पर्वमा राज्यवासीहरूलाई शुभकामना दिँदै बंगालको संस्कृति, परम्परा र प्राकृतिक सम्पदालाई स्मरण गर्दै भनिन्, “बंगालको माटो, बंगालको पानी, बंगालको हावा, बंगालको फल-पुण्य होस्, पुण्य होस्, पुण्य होस् हे भगवान।”

ममता ब्यानर्जीले भनिन्, राखी चेली-माइतीको सम्बन्धको पर्व मात्र नभएर आपस्तको विश्वास, प्रेम र एकताको प्रतीक हो। उनले विश्वास व्यक्त गरे, यो पर्वले समाजमा सौहार्द अनि भाइचारालाई अझ बलियो बनाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande