भोपाल, 9 अगस्त (हि.स.)। कंग्रेस नेता राहुल गान्धीद्वारा चुनाउ आयोगको निष्पक्षतामाथि उठाइएको प्रश्नमा मध्यप्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले घोर विरोध व्यक्त गरेका छन्। उनले भने, राहुल गान्धीद्वारा सुप्रीम कोर्ट, सेनाको पराक्रम तथा चुनाउ आयोगको निष्पक्षतामाथि सार्वजनिक रूपमा बयानबाजी गरिनुले उनको ‘अर्बन नक्सलाइट’ मानसिकतालाई उजागर गर्दछ। उनको अशोभनीय बयानहरूबाट देशमा नेता प्रतिपक्षको गरिमा धमिलिरहेको छ जसको लागि उनले तुरून्त माफी माग्नुपर्छ।
मुख्यमन्त्री डा. यादवले शनिवार सोशल मीडिया एक्समा एउटा भीडियो जारी गरी कंग्रेस नेता राहुल गान्धीद्वारा चुनाउ आयोगको निष्पक्षतामाथि उठाइएको प्रश्नमाथि तीव्र प्रतिक्रिया व्यक्त गरे। उनले भने, राहु गान्धीको उक्त सार्वजनिक बयानबाजीबाट उनको ‘अर्बन नक्सलाइट’ मानसिकता उजागर भइरहेको छ। यो उचित होइन र उनले यस मामिलामा तत्काल माफी माग्नुपर्छ। डा. यादवले यो पनि भने, चुनाउ आयोग भारतको सबैभन्दा निष्पक्ष तथा स्वतन्त्र संस्था हो जसले लोकतन्त्रको रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। त्यसैले यसमाथि प्रश्न उठाउनु देशको संवैधानिक संस्थाको अपमान गर्नु हो र यसबाट लोकतान्त्रिक प्रक्रियामाथि पनि प्रभाव पर्दछ।
वास्तवमा गए शुक्रवार राहुल गान्धीले बेंगलुरूमा आयोजित एक ऱ्यालीमा भोट चोरी भएको आरोप लगाउँदै भनेका थिए, देशका संस्थाहरूलाई मासिँदैछ। चुनाउ आयोगले मलाई एफिडेभिट माग्छ। मैले संसदभित्र संविधानमाथि हात राखेर शपथ लिएको छु। आज हिन्दुसन्तानका जनताले हाम्रो डेटालाई लिएर आयोगसित प्रश्न गरिरहेका छन् भने आयोगले आफ्नो वेबसाइट नै बन्द गरिदिएको छ। हाम्रो माग छ, आयोगले हामीलाई इलेक्ट्रनिक भोटर लिस्ट देओस्। हिजो मैले साबित गरेको छु कि देशमा भोट चोरी भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा