पोखरा थण्डर्सले टकभर युनाइटेड दार्जिलिङलाई पराजित गऱ्यो
पोखरा थण्डर्सले टकभर युनाइटेड दार्जिलिङलाई पराजित गऱ्यो


गान्तोक, 09 अगस्त (हि.स.)। राजधानीको पाल्जोर स्टेडियममा चलिरहेको छोग्याल सर टाशी नामग्याल मेमोरियल कप 2025 को लागि 79औं स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता अन्तर्गत शनिवार दोस्रो क्वार्टर फाइनल खेल सम्पन्न भयो। नेपालको पोखरा थण्डर्स र टकभर युनाइटेड दार्जिलिङबीच सम्पन्न खेलमा पोखराले प्रतिद्वन्दी दललाई 2-1 ले पराजित गऱ्यो।

खेलको पहिलो हाफ एकतर्फी रह्यो र पोखरा थण्डर्सले दार्जिलिङमाथि निकै दबाउ बनाएको थियो। पोखराले पहिलो हाफमै दुई गोल लगाएर आफ्नो जीत सुनिश्चित गरेको थियो। दोस्रो हाफमा दार्जिलिङका खेलाड़ी आक्रमक देखिए। दोस्रो हाफमा टकभर युनाइटेड दार्जिलिङ एक गोल गर्न सक्षम बने।

पोखरा थण्डर्सको तर्फबाट पहिलो गोल याकुबुले 19औं मिनटमा गरेका थिए। यसैगरी, दोस्रो गोल अनिश महर्जनले 32औं मिनटमा गरे। दार्जिलिङको तर्फबाट एकमात्र गोल सुजित सिंहले 62औं मिनटमा गरेका थिए। आजको खेलमा पोखराका खेलाडी याकुबुलाई म्यान अफ् द म्याच चयन गरियो।

आजको खेलमा उद्यमी रुपेश कुमार चौधरी मुख्य अतिथि तथा सिक्किम फुटबल एसोसिएशन (एसएफए) का अध्यक्ष मेन्ला इथेन्पा ​विशिष्ट अतिथि थिए। मुख्य अतिथि चौधरीले म्यान अफ् द टुर्नामेन्टको लोगि एउटा स्कूटी प्रायोजित गरेका छन्। उनले एसएफए पदाधिकारीहरूलाई स्कूटी हस्तान्तरण गरे। भोलि असम राइफल्स- शिलङ र ब्रदरवुड एफसी सिक्किमबीच तेस्रो क्वार्टर फाइनल खेल सम्पन्न हुनेछ। एसएफएको तत्वावधानमा आयोजना भइरहेको यस प्रतियोगिताको फाइनल आगामी 15 अगस्त स्वतन्त्रता दिवसमा सम्पन्न हुनेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande