कछार (असम), 09 अगस्त (हि.स.)। कछार पुलिसले गुप्त सूचनाको आधारमा अभियान संचालन गरी गए शुक्रवार राती सिलचर-कलाइन रोडमा एउटा स्कुटीलाई रोकेर जाँच गरियो। जाँचमा वाहनबाट लाखौं रुपियाँको मादक पदार्थ हेरोइन जफ्त गरियो। यस सम्बन्ध एकजना व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ।
कछार पुलिसले शनिवार बतायो, गुप्त सूचनाको आधारमा सिलचर-कलाइन रोडस्थित काबुगञ्ज बजारमा खोजी अभियान अवधि एउटा स्कुटीबाट दशवटा साबुनदानीमा भरिएको हेरोइन जफ्त गरियो जसको वजन 104 ग्राम रहेको बताइएको छ। पुलिसले यसको बजार मूल्य 52 रुपियाँ रहेको बताइएको छ।
यस मामिलामा पक्रा पर्ने व्यक्तिको पहिचान कछार जिल्लान्तर्गत सोनाई थाना क्षेत्र नागदिरग्राम पार्ट-।।। निवासी हिमु शुक्लबैद्य (24)-को रूपमा गरिएको छ। पुलिसले एउटा स्कुटीलाई जफ्त गरेको छ। यस सम्बन्धमा पुलिसले प्राथमिकी दर्ता गरी जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा