कोलकाता, 8 अगस्त (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकातामा गए शुक्रवार राति आरजी कर मेडिकल कलेज एवं अस्पतालमा पछिल्लो वर्ष भएको जूनियर डाक्टरको बलात्कार अनि हत्याको पहिलो वर्षगाँठको पूर्व सन्ध्यामा हजारौं मानिसहरूले मशाल ऱ्याली निकालेर सीबीआईको जाँचमाथि प्रश्न उठाए। प्रदर्शनकारीहरूले आरोप लगाए, केन्द्रिय जाँच ब्यूरो (सीबीआई) एक वर्षपछि पनि यस जघन्य हत्याकाण्डको पछाड़ि लुकेको ‘ठूलो षड़यन्त्र’- को खुलासा गर्नमा असफल भएको छ।
बितेको शुक्रवार राती कलेज स्क्वायरदेखि शुरू भएको यस मशाल ऱ्यालीको आयोजन ‘वेस्ट बंगाल जूनियर डाक्टर्स फ्रण्ट’-ले गरेको हो। प्रदर्शनमा ठूलो संख्यामा डाक्टरहरू सहित आम मानिसहरूले भाग लिए। ऱ्याली श्याम बजार पाँचमाथा मोड़सम्म पुग्यो जुन आरजी कर मेडिकल कलेज एवं अस्पतालदेखि केही टाड़ामा अवस्थित छ। प्रदर्शन अबेर रातीसम्म चलिरह्यो। बिहान 4 बजीसम्म प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरे।
शुक्रवार पीड़िताका माता-पिता दिल्लीबाट फर्किए जहाँ उनीहरूले सीबीआई निदेशकसित भेट गरेका थिए। कोलकाता पुगेपछि उनीहरूले मीडिया समक्ष भने, “हामीले सीबीआई निदेशकलाई स्पष्ट रूपमा भन्यौं, उनीहरूको एजेन्सी हाम्री छोरीको मामिलामा पूर्ण रूपमा असफल भएको छ। शुरूमा हामीलाई सीबीआईमाथि भरोसा थियो, तर एक वर्षपछि यो भरोसा पूर्ण रूपले समाप्त भएको छ।”
ऱ्यालीको ब्यानर अनि नाराहरूमा यसपालि राज्य सरकार अनि कोलकाता पुलिसको सट्टा सीबीआईलाई लक्षित गरिएको थियो जुन पछिल्लो वर्षको विरोध प्रदर्शनको नाराबाजीभन्दा भिन्नै थियो। प्रदर्शनकारीहरूको भनाइ छ, जबसम्म यस ‘ठूलो षड़यन्त्र’- को असली सूत्रधार सामु आउँदैन, तबसम्म आन्दोलन जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा