तृणमूल विधायक लभली मैत्राले वामपन्थी नेता सुजन चक्रवर्तीलाई बाँधिन् राखी
तृणमूल विधायक लभली मैत्राले वामपन्थी नेता सुजन चक्रवर्तीलाई बाँधिन् राखी


कोलकाता, 9 अगस्त (हि.स.)।तृणमूल विधायक लभली मैत्राले माकपा नेता सुजन चक्रवर्तीलाई राखी बाँधेर राजनीतिक सौहार्दको उदाहरण पेश गरेकी छन्।

शनिवार पश्चिम बंगाल युवा कल्याण विभाग औ सोनारपुर ब्लकको पक्षबाट सोनापुरको तेमथा क्षेत्रमा राखी बन्धनको आयोजन गरियो। लभली मैत्रा त्यहाँ उपस्थित थिइन्। बिहानदेखिकै उनले सानो-ठूलो सबैलाई हाँसेर राखी बाँधिरहेकी थिइन्। सोही समय वामपन्थी नेता सुजन चक्रवर्ती त्यहाँबाट गुज्रिरहेका थिए जो लभलीको विधानसभा क्षेत्रका निवासी हुन्। वामपन्थी नेतालाई देखेर तृणमूल विधायक राखी बाँध्नको लागि अगाड़ि बढ़िन् जसलाई सुजनले हाँस्दै स्वीकार गरे।

राखी बाँधेपछि लभलीले भनिन्, सुजन दा मेरो विधानसभा क्षेत्रमा बस्छन् जो मभन्दा उमेरले ठूला हुन्। मेरा अभिभावक हुन्। उनको भविष्य मंगलमय होस्, र स्वस्थ रहुन्। म सबैसित राम्रो सम्बन्ध राख्न चाहन्छु।

सुजनले भनिन्, बहिनीले आफ्नो दाज्युको रक्षाको लागि राखी बाँध्छन् र दाज्युले बहिनीको रक्षाको जिम्मेवारी लिन्छ। यस शिष्टाचारको राजनीतिलाई देखेर स्थानीय मानिसहरूले भने, यो बंगालको संस्कृति हो। मत भिन्नता भए पनि हृदयको सम्बन्ध रहिरहन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande