नयाँ दिल्ली, 9 अगस्त (हि.स.)। दिल्लीको करावल नगर क्षेत्रमा शनिवार बिहान एकजना महिला र उसका दुईजना छोरीहरूको हत्या गरियो। पुलिसले यस हत्याको निम्ति महिलाका पति प्रदीपमाथि शंका गरेको छ जो अहिलेघरि भागेको छ र पुलिसले उसलाई खोजिरहेको छ।
पुलिस अनुसार आज बिहान 7:15 बजे एकजना महिला र उसका दुईजना छोरीहरूको हत्या भएको जानकारी प्राप्त भयो। घटनास्थलमा पुग्दा 28 वर्षीय महिला अनि उसका सात र पाँच वर्षीय छोरीहरूलाई पुलिसले कोठाभित्र मृत पायो। अपराध एवं फरेन्सिक जाँचसित जोड़िएको टीमले घटास्थलबाट प्रमाण जुटाइरहेको छ।
मृतकहरूलाई गुरू तेग बहादुर अस्पतालमा पोस्टमर्टम गर्को निम्ति पठाइएको छ।भारतीय न्याय संहिताको धारा 103(1) अन्तर्गत करावल नगर पुलिस स्टेशनमा मामिला दर्ता गरिएको छ। पुलिस घटनाको अनुसन्धानमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा