सोरेङ, 09 अगस्त (हि.स.)। सिक्किम सरकारको महिला, बालबालिका, वरिष्ठ नागरिक एवं दिव्याङ्गजन कल्याण विभागकी अतिरिक्त सचिव बन्दना राईले आज मुख्यमन्त्री प्रेमसिंह तामाङकी आमा धनमाया तामाङलाई उनको सिङलिङस्थित आवासमा भेट गरिन्। यस भेटको क्रममा उनले मुख्यमन्त्रीकी आमालाई ऐतिहासिक आमा सम्मान दिवसमा उपस्थितिको लागि निमन्त्रणा दिइन्।
उल्लेखनीय छ, मुख्यमन्त्रीको परिकल्पना 'आमा सम्मान दिवस' भोलि, शनिवार रम्फूको खेल मैदान सम्पन्न भइरहेको छ। उक्त कार्यक्रम सिक्किमका आमाहरूको सम्मानमा आयोजना गरिॅंदैछ।
हिन्दुस्थान समाचार / बिशाल