पश्चिम बंगालमा ‘विशेष मतदाता सूची संशोधन’-माथि संशय व्याप्त, राज्य सरकारले मुख्य चुनाउ अधिकारीसित माग्यो माफी
पश्चिम बंगालमा ‘विशेष मतदाता सूची संशोधन’-माथि संशय व्याप्त, राज्य सरकारले मुख्य चुनाउ अधिकारीसित माग्यो माफी


कोलकाता, 9 अगस्त (हि.स.)। पश्चिम बंगालमा भोटर लिस्टको स्पेशल इंटेंसिव रिभीजन (एसआईआर)-को मितिलाई लिएर अहिलेसम्म चुनाउ आयोगद्वारा कुनै स्पष्ट दिशानिर्देश जारी गरिएको छैन। तथापि सूत्रको भनाइ छ, एसआईआर लागू गर्ने भए राज्यका मुख्य चुनाउ अधिकारी (सीईओ) कार्यालयले यसको पूर्ण तयारी भइसकेको सूचना आयोगलाई दिसकेको छ।

शुक्रवार यस सम्बन्धमा समाचार प्रकाशमा आएपछि राज्य सरकारले सीईओ मनोज अग्रलाललाई पत्र पठाएर स्थिति स्पष्ट पार्न भनेको छ। राज्यकी गृह सचिव नन्दिनी चक्रवर्तीले आफ्नो पत्रमा प्रश्न गरेकी छन्, एसआईआरको तयारीसित सम्बन्धित खबर कति सठीक छ, किनभने यस बारेमा सीईओ कार्यालयबाट राज्य सरकारलाई कुनै आधिकारिक जानकारी दिइएको छैन। साथै उनले अनुरोध पनि गरेकी छन्, यस विषयमा कुनै भ्रमको स्थिति उत्पन्न नहोस्।

उल्लेखनीय छ, तृणमूल कंग्रेसले पहिला नै स्पष्ट पारिसकेको छ कि एसआईआरको नाममा बंगालको एउटै पनि वैध मतदाताको नाम सूचीबाट हटाइेछैन। प्रशासनिक जगतमा मानिँदैछ, नवान्न (राज्य सचिवालय) पनि हाल यस प्रक्रियालाई शुरू गर्ने पक्षमा छैन। साथै सीईओलाई पठाएको पत्रमा पनि यस्तै कुरा झल्किन्छ।

मुख्य चुनाउ अधिकारी मनोज अग्रवालले भने, चुनाउ आयोगले बिहारमा एसआईआर लागू गर्दा संकेत दिएको थियो कि यसलाई देशभरि नै लागू गरिनेछ। उनले बताए, आयोगले गत 5 जुलाईमा राज्यसित पत्राचार गरेर एसआईआरको तयारी शुरू गर्ने निर्देश दिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande