सिलगढ़ी, 9 अगस्त (हि.स)। सीमा सुरक्षा बल (बीएसएफत) परिसर कदमतलामा रक्षाबन्धनको पर्व बड़ो उत्साह अनि देशभक्तिपूर्ण भावनाको साथमा मनाइयो। यस कार्यक्रममा सुरक्षा, विश्वास तथा सद्भावको शाश्वत बन्धनलाई दर्शाइयो जसले भारतको सांस्कृतिक विरासत अनि राष्ट्रको सुरक्षाको लागि बीएसएफको समर्पणलाई दर्शाउँछ। यस पावन अवसरमा बीएसएफ उत्तर बंगालका महानिरीक्षक मुकेश त्यागीले सबै जवान तथा उनीहरूको परिवारलाई हार्दिक शुभकामना दिए। यस विशेष अवसरमा शैक्षणिक संस्थान तथा विभिन्न समाजसेवी संगठनहरूका छात्रा एवं महिलाहरूले बीएसएफ जवानहरूको नाड़ीमा राखी बाँधिदिए। सीमा रक्षाको लागि आफ्नो परिवारदेखि टाड़ा बस्ने जवानहरूले यस भावपूर्ण कार्यको लागि गहिरो आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा