बाक्सामा बीपीएफको सभा सम्पन्न, 50भन्दा अधिक मानिसहरू पार्टीमा सामेल
बाक्सामा बीपीएफको सभा सम्पन्न, 50भन्दा अधिक मानिसहरू पार्टीमा सामेल


बाक्सा (असम), 09 अगस्त (हि.स.)। बाक्सा जिल्लान्तर्गत ककलाबाड़ीको गधुलीगाउँमा आज बोड़ोल्याण्ड पीपुल्स फ्रण्ट (बीपीएफ)- को एक सभा आयोजना गरियो। सभामा विभिन्न दलका लगभग पचासभन्दा अधिक मानिसहरूले औपचारिक रूपमा बीपीएफको सदस्यता ग्रहण गरे।

सभामा युवा बीपीएफका केन्द्रिय उपाध्यक्ष प्रह्लाद ब्रह्मले भाग लिएपछि मीडियासित बातचित गर्दै यूपीपीएलको चर्को आलोचना गरे। उनले भने, यसपालि बाटीसीमा यूपीपीएलको अस्तित्व मेटिनेछ। बीपीएफदेखि डराएर यूपीपीएलले बीपीएफसित मित्रता गर्ने चेष्टा गरेको छ। प्रमोद बोड़ो बीटीसीमा शान्ति स्थापना गर्नमा विफल रहिआएका छन्। बीटीआर सम्झौता गरेपछि पनि प्रमोद बोड़ोले कुनै काम गर्न सकेका छैनन्।

प्रह्लाद ब्रह्मले भने, यसपालि बीटीसी चुनाउमा 28 वटा सीट जितेर बीपीएफ बीटीसीको सत्तामा आउनेछ। आजको सभामा ककलाबाड़ी परिषदीय क्षेत्रको बीपीएफ उम्मेद्वार सौगमसार बोड़ो सहित अन्य केही पार्टी कार्यकर्ताहरूले भाग लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande