बाक्सामा हुने मुख्यमन्त्रीको जनसभा स्थलको मन्त्री रञ्जीत दासले गरे निरीक्षण भ्रमण
बाक्सामा हुने मुख्यमन्त्रीको जनसभा स्थलको मन्त्री रञ्जीत दासले गरे निरीक्षण भ्रमण


बाक्सा (असम), 09 अगस्त (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बोड़ोल्याण्ड टेरिटोरियल काउन्सिल (बीटीसी)-मा आगामी दिनमा हुन गइरहेको परिषदको चुनाउलाई मध्यनजर गर्दै सबै 40 वटै परिषदीय क्षेत्रमा जनसभाहरू आयोजना गर्ने लक्ष्य निर्धारण गरेका छन्। यसै क्रममा मुख्यमन्त्रीले बीटीसीका सबै छःवटै जिल्लाहरूमा चुनाउ प्रचारको शंखघोष गरिसकेका छन्।

आइतवार बाक्सा जिल्लामा आयोजना भइरहेको मुख्यमन्त्रीको जनसभालाई मध्यनजर गर्दै आज भाजपाको विजय संकल्प ऱ्याली स्थलको मन्त्री रञ्जीत दासले भ्रमण गरी तयारीको जायजा लिए। यस अवसरमा मीडियासित बातचित गर्दै मन्त्री दासले बीटीसी चुनाउलाई लिएर केही महत्वपूर्ण विचारहरू साझा गरे। उनले भने, बीटीसी क्षेत्रमा स्थानीय राजनीतिक दल यूपीपीएल, बीपीएफसित भाजपाको कुनै संघर्ष हुनेछैन। बीटीसीमा यसपालि आम जनताले भाजपाको सत्ता चाहन्छन्। बीटीसीमा भाजपाले 18 वटा परिषद सीटमा जीत हासिल गर्नेछ भने रहल 22 वटा सीट यूपीपीएल र बीपीएफको भागमा विभाजन हुनेछ।

मन्त्री दासले भने, बीटीसीका जनताले भाजपालाई अधिक रूचाउँछन्, दोस्रो स्थानमा कसलाई रूचाउने हुन् त्यो बीटीसीका जनताले नै तय गर्नेछन्। कंग्रेसलाईलिएर उनले भने, यो पार्टी बर्खे भ्यागुता हो। पानी पर्दा जसरी भ्यागुता गराउँछ त्यस्तै कंग्रेसले गर्छ। राज्यमेा जारी अतिक्रमण हटाऔं अभियानको सन्दर्भमा पनि भाजपा नेता तथा मन्त्री दासले आफ्नो विचार व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande