गान्तोक, 09 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईले 2029 मा सरकार गठन गर्ने घोषणा गरेका छन्। मल्ली विधानसभा निर्वाचन क्षेत्र कार्यकारी परिषदको आज सम्पन्न मासिक बैठकमा उनले यस्तो दाबी गरेका हुन्। बैठक सीएपी अध्यक्षको आवासमा बसेको थियो।
बैठकलाई सम्बोधन गर्दै सीएपी अध्यक्ष राईले एक पार्टी अध्यक्षको रूपमा मात्र होइन, तर राजनीतिक परिवर्तनको लडाईमा प्रतिबद्ध नेताको रूपमा बोलिरहेको स्पष्ट पारे। उनले पार्टी नेतृत्वहरूलाई प्रत्येक नागरिकसॅंग भेट गर्न, पार्टीका नीतिहरू साहसपूर्वक प्रस्तुत गर्न र पार्टीको तृणमूल आधार बलियो बनाउन प्रत्येक गाउॅंमा परिषद गठन गर्न आह्वान गरे।
सीएपी अध्यक्षले भने, 'आउने दिनहरूले हाम्रो साहसको परीक्षा लिनेछन्। हामी कठिनाइहरूको सामना गर्नेछौं, तर विश्वास, एकता र अथक प्रयासका साथ, हामी 2029 मा सरकार बनाउनेछौं।'
बैठकमा सीएपीको केन्द्रिय कार्यकारी समिति, जिल्ला र विधानसभा निर्वाचन क्षेत्रका पदाधिकारीहरू उपस्थित थिए। बैठकमा परिषद्हरूले आफ्नो मासिक प्रगति प्रतिवेदन प्रस्तुत गरे र पार्टीको रणनीतिलाई धार दिन खुला छलफलमा भाग लिए। यसैगरी, सार्वजनिक संलग्नतालाई तीव्र बनाउन, राज्यको हरेक कुनामा समर्थन परिचालन गर्न र चुनौतीहरू विरुद्ध दृढतापूर्वक उभिन आह्वान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल