चिरांग (असम), 9 अगस्त (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी), 15औं वाहिनी, काजलगाउँमा कमाण्डेन्ट सचिन कुमारको नेतृत्वमा आज विवेकानन्द केन्द्रिय विद्यालय औ सीमान्त चेतना मञ्च पूर्वोत्तरको सहयोगमा रक्षाबन्धन मनाइयो। यस अवसरमा विद्यालयका बहिनीहरूले भारत-भुटान सीमाका प्रहरी दाज्युहरूको नाड़ीमा राखी बाँधेर उनीहरूको लामो आयु र सुखमय जीवनको कामना गरे।
आफ्नो सम्बोधनमा कमाण्डेन्ट कुमारले भने, रक्षाबन्धन आत्मीयता अनि स्नेहको बन्धनलाई सशक्त बनाउने पर्व हो जसले समाज र सुरक्षा बलहरूबीच प्रेम र विश्वासलाई अझ गहिरो बनाउँछ। उनले सबैलाई रक्षाबन्धनको हार्दिक शुभकामना दिए।
यस अवसरमा उप-कमाण्डेन्ट आरएम यार्मी, उप-कमाण्डेन्ट राजन कुमार, निरीक्षक (प्रशासन) तपन कुमार बसक सहित अन्य बलकर्मी पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा