प्रयागराज, 09 अगस्त (हि.स.)। उत्तर प्रदेशको प्रयागराज जिल्ला स्थित पूरामुफ्ती थाना क्षेत्रमा संदिग्धहरूको खोजमा भइरहेको चेकिङमा शुक्रवार राति एक कुख्यात अपराधी गोली लागेर घाइते भयो। पुलिस टीमले उसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराएको छ। अपर पुलिस उपायुक्त नगर अभिजीत कुमारले बताए, गोलीले घाइते बदमाशको नाम मुकेश पुत्र दुखई हो। उसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ। यसका साथै उसको आपराधिक रेकर्डको जाँच भइऱहेको छ।
उनले बताए, शुक्रवार राति संदिग्धहरूको खोजमा पलिसले पूरामुफ्ती थानाको पुलिस टीमले बैरियर लगाएर वाहन चेकिङ गरिरहेको थियो। सोही अवधि एक बदमाश बैरियर तोड़ेर भाग्न थाल्यो। पुलिस टीमले वाहनलाई पछ्याउँदा बदमाशले गोलीबारी शुरू गऱ्यो। पुलिस टीमले पनि आत्मरक्षाको निम्ति गोली चलायो। जसमा अपराधीको खुट्टामा लाग्यो र उ घाइते भयो। जसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ। सोधपुछमा घाइते बदमाशले आफ्नो नाम मुकेश बताएको छ। पुलिस टीम अपराधीको आपराधिक इतिहासको पत्तो लगाइरहेको छ। जाँच पूरा गरेपछि विधिक कारबाही गर्दै उसलाई जेल पठाइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी