शिमला, 09 अगस्त (हि.स.)। राजधानी शिमलाको बालुगंज थाना क्षेत्र अन्तर्गत संकटमोचन महावीर घाटीबाट 11 वर्षीय बालिका एक हप्तादेखि बेपत्ता भएको मामिला प्रकाशमा आएको छ। पुलिसले बालिकालाई खोज्न मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
पुलिसबाट प्राप्त जानकारी अनुसार, संकटमोचन महावीर घाटी निवासी एक महिलाले बालुगंज थानामा शिकायत दर्ता गराएकी छन् कि उनकी भतीजी 02 अगस्तमा घरबाट समान किन्न निस्केकी थिइ, तर यसपछि उ घर फर्किनन्। परिजनहरूले आफन्तहरू र वरपरका क्षेत्रहरूमा पनि उसको खोजबीन गरे तर बालिकाको कुनै पत्तो लागेन।
शिकायतको आधारमा बालुगंज थाना पुलिसले बीएनएसको धारा 137(2) अन्तर्गत मामिला दर्ता गरेको छ।
पुलिसले आम जनतासित यदि कसैलाई बालिकाबारे कुनै पनि जानकारी छ भने तुरन्तै बालुगंज थाना वा छेवैको पुलिस चौकीसित सम्पर्क गर्ने अपील गरेको छ कि बालिकालाई छिटोभन्दा छिटो सुरक्षित घर फर्काउन सकियोस्।
हिन्दुस्थान समाचार / भवानी थामी