गान्तोक, 09 अगस्त (हि.स.)। रक्षाबन्धनको पावन अवसरमा आज बिहान राजभवन, सिक्किममा एक समारोह आयोजन गरियो। यस अवसरमा राजभवन परिवारका बालिकाहरू र भारत तिब्बत सीमा पुलिसको महिला बटालियनका सदस्यहरू (हिम वीराङ्गना) ले राज्यपाल ओमप्रकाश माथुरलाई राखी बॉंधेर उनीप्रति स्नेह र सम्मानको भावना प्रस्तुत गरे। समारोहमा पारम्परिक रीति-रिवाजका साथ रक्षाबन्धन पर्व मनाइएको राजभवनले बताएको छ।
राज्यपालले रक्षाबन्धनको शुभकामना दिॅंदै भने, 'रक्षाबन्धन केवल एउटा पर्व होइन, तर हाम्रो सांस्कृतिक विरासतको जीवन्त प्रतीक पनि हो। यस पर्वले दार्जुभाई र दिदीबहिनीहरूको पवित्र सम्बन्धका साथै समाजमा आपसी विश्वास, सुरक्षा र स्नेहको भावनालाई पनि सुदृढ बनाउॅंछ।'
राज्यपालले बालिकाहरू र महिला सुरक्षाकर्मीहरूको यस भावपूर्ण क्षणको लागि आभार व्यक्त गर्दै उनीहरूको उज्जवल भविष्यको कामना गरे।
हिन्दुस्थान समाचार / बिशाल