गुवाहाटी, 09 अगस्त (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, 1942 सालको भारत छोड़ आन्दोलन भारतीय स्वतन्त्रता संग्रामको एक महत्वपूर्ण अध्याय हो। वीर भारतीयहरूले ब्रिटिश शासनविरूद्ध संघर्ष गरी देशभक्तिको परिचय दिए। असममा पनि यस आन्दोलनको गहिरो प्रभाव पऱ्यो।
भारत छोड़ आन्दोलन दिवसको अवसरमा उनले यस आन्दोलनका महान देशभक्तहरू तथा भारत माताका सपुतहरूलाई श्रद्धाञ्जली अर्पण गरे जसले देशलाई स्वतन्त्र गराउनको लागि आफ्नो सर्वस्व बलिदान दिए। मुख्यमन्त्रीले भने, उनको साहस र आत्मत्यागको अमर गाथा हामीमाझ सदैव स्मरणीय रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा