गुवाहाटी, 09 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज सावन महिनाको पूर्णिमा तथा राखी पूर्णिमाको पावन अवसरमा राज्यवासीहरूलाई शुभकामना दिए।
उनले सोशल मीडियामा सन्देश जारी गर्दै भने, चेली-माइतीको स्नेहले बाँँधिएको यस पवित्र दिनमा सरकारले हाम्रो प्रदेशकी हरेक चेलीको लागि जिम्मेवारीपूर्वक काम गरिरहने वाचा गर्दछ। मुख्यमन्त्रीले यस शुभ दिनमा फेरि एकपटक स्पष्ट रूपमा छोरी-चेलीको सुरक्षा अनि कल्याणप्रति आफ्नो प्रतिबद्धता दोहोऱ्याए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा