अवैध खनन गर्दै गरेको एक जेसीबी र तीन ट्र्याक्टर जफत
अवैध खनन गर्दै गरेको एक जेसीबी र तीन ट्र्याक्टर जफत


धर्मशाला, 09 अगस्त (हि.स.)। पुलिस जिल्ला नुपपूरद्वारा अवैध खनन विरूद्ध चलाइएको अभियान अन्तर्गत पुलिस थाना डमटालको भदरोयामा अवैध खनन माफिया विरूद्ध कारबाही गर्दै एक जेसीबी र तीन ट्र्याक्टर जफत गरिएको छ। यस सम्बन्धमा थाना डमटालमा माइन्स एण्ड मिनिरल एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ। जसमा आरोपी बलराम सिंह पुत्र हरवंस सिंह, सुनील कुमार पुत्र शमशेर सिंह, सौरभ चौधरी पुत्र जरनैल सिंह र मुरीद अली पुत्र मखन दीन विरूद्ध नियमानुसार कारबाही गरिँदैछ।

जिल्ला पुलिस नुरपूरद्वारा साल 2025 मा अवैध खनन माफिया विरूद्ध प्रभावी कारबाही गर्दै अहिलेसम्म 14 मामिला दर्ता गरिएको छ। उपरोक्त मामिलाहरूमा 32 वाहनलाई पुलिसले जफत गरेको छ। यस बाहेक 469 चालान गरिएको छ तथा अवैध खननमा सामेल आरोपीहरूदेखि 38 लाख 92 हजार रूपियाँको जरिमाना असूली गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande