मुर्शिदाबाद, 9 अगस्त (हि.स.) । मुर्शिदाबाद जिल्लामा डोमकलदेखि बहरामपुर तर्फ गइरहेको एक निजी बस आइतवार बिहान नियन्त्रण गुमाएको कारणले सड़क किनारमा अवस्थित जलाशयमा पल्टियो। यस दुर्घटनामा न्यूनतम दशजना मानिसहरू घाइते भए। घाइतेहरूलाई डोमकल सुपर स्पेशियलिटी अस्पतालमा लगिएको छ। दुर्घटनास्थलमा डोमकल पुलिस तथा दमकल कर्मचारीहरूले बसलाई हटाउने कार्य गरिरहेका छन्।
प्राथमिक जानकारी अनुसार बस जालंगी र डोमकल हुँदै बहुरामपुर गइरहेको थियो। प्रत्यक्षदर्शीहरूको भनाइ छ, एउटा वाहनलाई ओभरटेक गर्दा बस अगाड़ि एउटा वाहन आयो जसले गर्दा बसले नियन्त्रण गुमायो अनि सड़क किनारमा अवस्थित जलाशयमा पल्टियो।
स्थानीय मानिसहरूले तुरून्तै घटनास्थलमा बसको शिशा भत्काएर केही घाइते यात्रीहरूलाई बाहिर निकालेर अस्पतालमा पठाए। घाइतेहरूको संख्या 10-15 जना हुनसक्छ जसमध्ये केही स्थिति गम्भीर रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा