मुख्यमन्त्रीले छाङ्गु झीलको भ्रमण गरे, शिव मन्दिरमा गरे पूजा प्रार्थना
मुख्यमन्त्रीले छाङ्गु झीलको भ्रमण गरे, शिव मन्दिरमा गरे पूजा प्रार्थना


गान्तोक, 09 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले भदौ पुर्णिमा र रक्षा बन्धनको शुभ अवसरमा आज बिहान पवित्र छाङ्गु झीलको भ्रमण गरे। उनले प्रकृतिको शान्त सौन्दर्य र हिमालयको आध्यात्मिक ऊर्जाले घेरिएको पवित्र झील र यसको छेउमा अवस्थित पूजनीय शिव मन्दिरमा हार्दिक प्रार्थना गरेको आज सामाजिक सञ्जालमा जानकारी गराएका छन्।

मुख्यमन्त्रीले यस अवसरमा स्थानीय वासिन्दाहरूसॅंग अन्तरक्रिया गर्दै शिव मन्दिर र छेवैको छोर्तेनको उन्नयनको बारेमा चर्चा गरे। यस पवित्र स्थलको पवित्रतालाई कायम राख्दै आध्यात्मिक बुनियादी ढॉंचा बढाउने विषयमाथि चर्चा भएको उनले जानकारी गराएका छन्।

मुख्यमन्त्रीले सामूहिक रूपमा कुनै पनि विकास गतिविधिहरू क्षेत्रको धार्मिक महत्त्वको गहिरो सम्मानका साथ तथा वरपरको वन र पारिस्थितिक प्रणालीको संरक्षणका लागि दिगो अभ्यासहरूसँग मिल्दोजुल्दो रूपमा सञ्चालन गर्ने कुरा सुनिश्चित गर्ने महत्त्वलाई जोड दिएको उल्लेख गरेका छन्।

उनले यस शुभ अवसरमा सिक्किम र सबै सिक्किमेली जनताको शान्ति, समृद्धि र कल्याणको लागि प्रार्थना गरे। उनले भगवान शिव र छाङ्गुको दिव्य उपस्थितिले हाम्रो भूमिलाई सद्भाव, शक्ति र एकताको साथ आशीर्वाद दिइरहुन् भनी कामना पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande